एजेन्सी । बार्सिलोनाका पूर्व डिफेन्डर थोमस भेर्मालेनलाई जापानी क्लब भिसेल कोबेले अनुबन्ध गरेको छ ।
जापानको शीर्ष डिभिजन जे लिग क्लब कोबेले थोमसलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । बेल्जियमका ३३ बर्षे डिफेन्डर थोमसले शनिबार कोबेसँग सम्झौता गरेको छ ।
आर्सनलका पूर्व डिफेन्डर समेत रहेका थोमसले बार्सिलोनाबाट ४ ला लिगा उपाधि जितेका थिए । उनले बार्सिलोनाबाट ५३ खेल खेलेका थिए ।
आर्सनलबाट सन् २०१४ मा बार्सिलोना आएका थोमस सन् २०६/१६ को सिजन लोनमा इटालियन क्लब रोमा गएका थिए ।
कोबेमा बार्सिलोनाका पूर्व खेलाडी डेभिड भिया, आन्द्रेस इनिएष्टा र जर्मनीका विश्वकप विजेता लुकास पोडोलोस्की रहेका छन् ।