एजेन्सी । लण्डन क्लब आर्सनलले फ्रेन्च क्लब लिलीका विङ्गर निकोलस पेपलाई क्लबमा अनुबन्धन गर्ने भएको छ । आईभेरी कोस्टका विङ्गर पेपलाई आर्सनलले ८० मिलियन युरोमा अनुबन्धन गर्न लागेको हो ।
समर ट्रान्सफर बजारमा आर्सनलले किस्ताबन्दीमा राम्रो रकम खर्चिएर फ्रेन्च क्लबका खेलाडी अनुबन्धन गर्न लागेको हो ।
दुवै क्लबबीच अन्तिम सम्झौता हुन बाँकी छ । तर केही घण्टामा दुवै क्लबले यस बिषयमा औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।
इटालियन क्लब नापोलीले समेत लिलीलाई सो रकम तिर्न तयार देखिएको थियो । तर खेलाडीले नापोलीको प्रस्तावलाई अस्विकार गरेका थिए ।
दायाँ विङ्गरको रुपमा प्रभावशाली देखिएका पेपलाई फरवार्डको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

उनले गत सिजन लिलीका लागि २३ गोल गरेका थिए । सोही कारण खेलाडीको प्राविधिक क्षमताबाट निकै प्रभावित भएर आर्सनलले सो मुल्य तिर्न तयार देखिएको हो ।
आर्सनलले क्रिस्टर प्यालेसका आईभेरी कोस्टका विङेगर विल्फ्रेड जाहालाई ४० मिलियन पाउण्डका प्रस्ताव गरेको थियो ।
तर प्रिमियर लिग प्रतिद्वन्दीले खेलाडीको मुल्य झण्डै दोब्बर निर्धारण गरेको थियो । सोही कारण आर्सनलले फ्रान्सेली क्लबबाट नयाँ खेलाडी अनुबन्धन गर्न लागेको हो ।