एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ ।
मकाउमा शनिबार भएको खेलमा इन्टरले फ्रेन्च च्याम्पियन पीएसजीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराएको हो ।
मकाउ ओलम्पिक स्टेडियममा खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी अघि खेलको ४१ औं मिनेटमा थिलो केह्रेरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा सामुएल लोङ्गोले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली मकाउमा रहेका छन् ।