काठमाडौं । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स ए साइड डे÷नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ ।
नकआउट प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
खेलहरु चावहिलस्थित गणेशथानको मैदानमा हुनेछ । फाइनल साउन ३२ गते हुनेछ ।