एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले ब्राजिलियन फरवार्ड नेयमार विश्व फुटबलका प्रभावशाली खेलाडी भएको बताएका छन् ।
कतारी क्लब अलसादका मुख्य प्रशिक्षक रहेका जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार निकै मेहेनती खेलाडी रहेको उल्लेख गर्दै उसँग असाधारण क्षमता भएको बताए ।
'उसलाई म एक असल व्यक्ति, नम्र र मेहेनती खेलाडीको रुपमा चिन्दछु,' जाभीले भने, 'फुटबलको हिसाबमा उनी बम हुन् । उनको क्षमता शानदार छ । उनले बार्सिलोनामा सबैभन्दा राम्रो गरे ।'
स्पेनिस लिजेण्ड जाभीले बार्सिलोनामा नेयमारसँग दुई सिजन बिताएका थिए । तर, नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पीएसजी गएका थिए ।
पछिल्लो समय नेयमार बार्सिलोना फर्कने हलाल चलेको थियो । तर, बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनियो ग्रिजम्यान अनुबन्ध गरेको थियो ।
यस्तै जाभीले नेयमार बार्सिलोना फर्किए राम्रो हुने बताए । तर, नेयमार बार्सिलोना फर्कने सम्भावना कम रहेको बताए ।
'मसधै बार्सिलोना राम्रो भएको हेर्न चाहन्छु । यदि नेयमार बार्सिलोना सफल हुने कसैले ग्यारेण्टी दिन सके उसलाई फर्काउने म पहिलो हुनेछु,' जाभीले भने, 'तर यो सबैलाई थाहा छ । यसको सबै निर्णय बार्सिलोनाको हुनेछ ।'