एजेन्सी । कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल डिसेम्बरमा हुने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बैठकले क्लब विश्वकप डिसेम्बर ११ देखि २१ सम्म गर्ने निर्णय गरेको छ ।
फिफाको क्लब विश्वकपमा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा इन्ग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग विजेताको हैसियतमा सहभागी हुनेछन् ।
यस्तै आयोजक कतारको अल साद, मेक्सिकोको सिएफ मोन्टेरी र क्यालेडोनियाका हियाङहि स्पोर्ट्सको सहभागिता पक्का भएको छ ।
अब एसिया क्षेत्र, अफ्रिका क्षेत्र र साउथ एसियन क्षेत्रबाट आउने टोलीको टुंगो लाग्न बाँकी रहेको छ ।