एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले पूर्व स्ट्राइकर प्याट्रिक क्लुइभर्टलाई क्लबको एकेडमीको डिरेक्टरमा नियुक्त गरेको छ ।
बार्सिलोनाले ४३ वर्षे प्याट्रिकसँग २ वर्षको सम्झौता गरेको छ । सम्झौतासँगै नेदरल्याण्डका पूर्व खेलाडी प्याट्रिकले बार्सिलोनाको एकेडमी हेर्नेछन् ।
प्याट्रिकले बार्सिलोनाबाट ६ सिजन खेलेका थिए । प्याट्रिकले बार्सिलोनाबाट ३०८ खेलमा १४५ गोल गरेका थिए । बार्सिलोनाबाट उनले एक ला लिगा उपाधि जितेका थिए ।
प्याट्रिकले नेदरल्याण्डबाट ७९ खेलमा ४० गोल गरेका थिए ।