एजेन्सी । इटालियन क्लब रोमाका लिजेण्ड तथा पूर्व मिडफिल्डर ड्यानीयल डे रोसी अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् ।
इटालीका विश्वकप विजेता रोसीलाई बोका जुनियर्सले अनुबन्ध गरेको जनाएको छ । उनले क्लबसँग पाँच महिनाको सम्झौता गरेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
३६ वर्षे रोसीले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए ।
रोमाका लागि ६१६ खेलमा ६३ गोल गरेका रोसी क्लबका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीमा पर्छन् ।
सन् २००६ मा इटालीले विश्वकप जित्दा टिममा रहेका रोसीले इटालीबाट ११७ खेल खेलेका छन् ।