एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले स्पेनिस मिडफिल्डर डानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ ।
आर्सनलले स्पेनिस क्लब रियल मड्रिडबाट सेबालोसलाई अनुबन्ध गरेको हो ।
स्पेनको यू-२१ टोलीका कप्तान समेत रहिसकेका सेबालोसलाई आर्सनलले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
२२ वर्षे सेबालोसले आर्सनलमा ८ नम्बरको जर्सी लगाउने छन् ।
स्पेनको राष्ट्रिय टिमबाट ६ खेल खेलिसकेका सेबालोसले १ गोल गरिसकेका छन् । यस्तै रियलबाट ३५ खेलमा ५ गोल गरेका छन् ।
यस्तै आर्सनलले फ्रान्सका १८ बर्षे डिफेन्डर विलियम सालिबालाई पनि अनुबन्ध गरेको छ । आर्सनलले उनलाई फ्रेन्च क्लब सैन्ट इटिनेबाट अनुबन्ध गरेको हो ।