काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठले चोट बोकेका छन् । राष्ट्रिय टिमको प्रशिक्षणमा रहेको समय श्रेष्ठले चोट बोकेका हुन् ।
अभ्यासको क्रममा सन्तुलन बिग्रिएर उनी लड्न पुगेका थिए । उनको बायाँ हातको कुईनाको जोर्नी खुस्किएको छ ।
उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकले एक हप्ता आराम गर्न नवयुगलाई आग्रह गरेका छन् । उनी गत आईतबारको अभ्यासको क्रममा घाईते भएका थिए ।
‘चिकित्सकले एक हप्ता आराम गर्न समय दिएका छन् । थप बिषय एक हप्तापछि टुङ्गो लाग्छ ।’ उनले खेलपाटीसंग भने ।
उनले आफ्नो अवस्था सुधारोन्मुख रहेको भन्दै चाँडै मैदान फर्कने विश्वास रहेको बताए ।
‘अहिले अवस्था हेर्दा एक हप्तामा मैदान फर्कन्छु जस्तो लागेको छ । चिकित्सकको अन्तिम जाँचपछि सबै थाहा हुन्छ ।’ उनले भने ।
नवयुग सहित राष्ट्रिय टिमका खेलाडी अहिले दैनिक अभ्यासमा छन् । आसन्न विश्वकप छनोटका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीलाई निरन्तर अभ्यासमा राखेको छ ।