काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियतामा नेपाल १ सय ६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ३ औं स्थानमा र माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय औं र पाकिस्तान २ सय ४ औं स्थानमा रहेको छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, ईङ्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ ।
छैटौ स्थानमा पोर्चुगल, सातौंमा क्रोएसिया, आठौंमा कोलम्बिया, नवौमा स्पेन र दशौँमा अर्जेन्टिना रहेको छ ।