एजेन्सी । इन्ग्लिश क्लब न्युकासलले क्लबको कीर्तिमानी मूल्यमा ब्राजिलियन फरवार्ड जोलिनटनलाई अनुबन्ध गरेको छ ।
जर्मन क्लब होफेनहाइमबाट न्युकासलले ४० मिलियन पाउण्डमा जोलिनटनलाई अनुबन्ध गरेको हो । न्युकासलले एक खेलाडी किन्न गरेको यो खर्च अहिलेसम्मकै उच्च हो ।
न्युकासलले २२ वर्षे फरवार्ड जोलिनटनसँग ६ वर्षको सम्झौता गरेको छ ।
जोलिनटनले गत सिजन बुन्डेस लिगाको ३५ खेलमा ११ गोल गरेका थिए ।