एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा जर्मन क्लब वायर्न म्युनिखले इटालियन क्लब एसी मिलान पराजित गरेको छ ।
बुधबार बिहान भएको खेलमा वायर्नले मिलानलाई १-० गोल अन्तरले हराएको हो ।
अमेरिकाको चिल्ड्रेन मेरी पार्क रंगशालामा वायर्नलाई जित दिलाउन लियोन गोरेट्ज्काले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा गोरेट्ज्काले गोल गर्दै वायर्नलाई जित दिलाए ।
नयाँ सिजनको सुरुवातअघि प्रि-सिजन तयारी गर्न दुवै टोली अहिले अमेरिका भ्रमणमा रहेका छन् ।
इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत नै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले ग्वाडालाजारालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराएको छ ।