एजेन्सी । बलात्कारको आरोप झेलिरहेका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राहत मिलेको छ । अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारकाे बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका छन् ।
३४ बर्षिया क्याथरी मेरागाले सन् २००९ मा लास भेगास होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् ।
सन् २०१० मा घटनाको बिषयमा अदालत बाहिर दुवै पक्षबीच सहमती भएको थियो । तर सन् २०१८ मा सो मुद्वा पुन ब्युँतिएको थियो । जो आरोपलाई रोनाल्डोले अस्विकार गर्दै आएका थिए ।
‘यस बिषयमा सुचनाको समिक्षाको आधारमा रोनाल्डोविरुद्व लागेको आरोपको पुष्टि हुन सक्दैन । त्यसैले आगामी दिनमा कुनै सजाय हुनेछैन ।’ बक्क्तव्यमा भनिएको छ ।
अमेरिकाको क्लर्क काउन्टी जिल्लामा पिडितले सन् २००९ मा आफुमाथि भएको घटनाको निवेदन दिएकी थिईन । तर घटना भएको स्थान र ब्यक्तीको बिषयमा बोल्न अस्विकार गरेकी थिईन् । सोही कारण प्रहरीले कुनै सार्थक पहल गर्न सकेको थिएन ।
सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुन घटनाको अनुसन्धान सुरु गरेका थिए ।
जर्मन पत्रिकाले पहिलो पटक घटनाबारे एक सामाग्री प्रकाशन गरेको थियो ।
घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब ४ करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो ।
तर मेरागाका वकिलले मिटु अभियानबाट प्रेरित भएर घटना पुन बाहिर ल्याएको बताएका थिए ।
रोनाल्डोले सन् २००९ मा लास भेगासमा भेटिएको कुरालाई स्विकार गरेका थिए । तर घटना दुवै पक्षको सहमती भएको रोनाल्डोको दाबी थियो ।
रोनाल्डो त्यो समय म्याचनेष्टर युनाईटेडबाट खेल्ने गर्दथे । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिडमा ९ बर्ष समय बिताए । गत बर्ष जुलाईमा उनी युभेन्ट्स आएका थिए । उनले पाँच पटक वालेन डी ओरको उपाधि जितेका छन् ।