एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड साडियो मानेले म्यानचेस्टर सिटीविरुद्धको कम्युनिटी शिल्ड फुटबल गुमाउने भएका छन् ।
नयाँ सिजनको सुरुवात अघि हुने कम्युनिटी शिल्डको फाइनल आगामी अगष्ट ४ मा वेम्बली स्टेडियममा हुनेछ । जसमा प्रिमियर लिग विजेता सिटी र एफए कप विजेता लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।
तर, सेनेगलका फरवार्ड माने त्यस समय छुट्टीमा रहने कारण कम्युनिटी शिल्ड गुमाउने भएका हुन् । यस सिजन निकै व्यस्त रहेका माने अफ्रीका कप अफ नेसन्स खेलेर छुट्टिमा रहेका छन् ।
इजिप्टमा भएको अफ्रीका कपमा मानेको टिम सेनेगल फाइनलमा अल्जेरियासँग १-० ले पराजित भएको थियो । त्यसलगत्तै माने लिभरपुलको प्रि-सिजन क्याम्पमा सहभागी नभई सेनेगल गएका थिए ।
लिभरपुलले च्याम्पियन्स लिग जित्न मुख्य भूमिका खेलेका माने प्रिमियर लिग सुरु हुने केहि दिन अघि मात्र लिभरपुल आउने छन् ।
'उ अहिले छुट्टीमा छ । जुन लामो हैन । उ सिटीसँगको खेलपछि अगष्ट ५ मा लिभरपुल फर्कनेछन्,' लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले भने ।
लिभरपुलले प्रिमियर लिगमा नर्विच सिटीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छन् ।
मानेले गत सिजन लिभरपुलबाट ५० खेलमा २६ गोल गरेका थिए ।