एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आउने सिजनबाट भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागु हुने भएको छ ।
प्रिमियर लिगले सन् २०१९/२० को सिजनबाट भीएआर लागु गर्न तयारी गरिरहेको जनाएको छ । विश्वकप र च्याम्पियन्स लिगमा प्रयोग भईसकेको भीएआर प्रिमियर लिगमा भने लागु भएको थिएन् ।
प्रिमियर लिगका अन्तरिम सिईओ रिचार्ड मास्टरले भीएआर लागु गर्न तयारी गरिरहेको बताए ।
'हामीले यसको लागि २ वर्षबाट तयारी गरिरहेका छौँ । मलाई विश्वास छ यसले केहि विवाद ल्याउछ तर यो हाम्रो ठुलो निर्णय हो । हामी भीएआर प्रविधि प्रयोग गर्न तयार छौँ,' सिईओ रिचार्डले भने ।
भीएआर लागु गर्न प्रिमियर लिगका रेफ्रीहरुले गत महिना छलफल गरेका थिए ।
हालै फ्रान्समा सम्पन्न महिला विश्वकपमा समेत भीएआर प्रयोग गरिएको थियो ।