एजेन्सी । ईटालियन क्लब नापोली अझै कोलम्बियन स्टार जेम्स रोड्रिग्वेजसंग अनुबन्धनको प्रयास गरिरहेको छ । सिरि ए क्लबले रियल मड्रिडका खेलाडीलाई अझै अनुबन्धनको प्रयास गरिरहेको बताएको छ ।
प्रशिक्षक कार्लोस एन्सेलोटीले क्लब अझै रोड्रिग्वेजलाई अनुबन्धन गर्ने कोशिश गरिरहेको स्पष्ट पारे ।
जेम्सको बिषयमा रियल मड्रिड र एट्लेटिको मड्रिड निरन्तर छलफलमा रहेको अवस्थामा नापोलीले यस बिषयमा मुख खोलेको हो ।
जेम्स समेत पछिल्लो समय नापोलीसंग जोडिएका छन् । नापोली प्रशिक्षक एन्सेलोटी अझै कोलम्बियन स्टारलाई मनाउने प्रयासमा छन् । उनले जेम्सको नयाँ गन्तव्य नापोली हुने उल्लेख गर्दै अन्तिम समयसम्म रियलसंग संवाद गरिने बताएका छन् ।
'म एट्लेटिकोसंग हुने सम्झौताको बिषयमा सचेत छु ।' उनले भनेका छन् ।
'हामी अझै उनको बिषयमा छलफलको क्रममा छौ । उनी मेरा मन पर्ने खेलाडी हुन् । म उनीसंग निकै नजिक छु । म उनलाई निकै उच्च कोटीको मान्छु । जसले हाम्रो टिमलाई नयाँ स्तरमा लैजान सक्छ ।' उनले भने ।
'उनीलाई फेरी केही घोषणा गर्न आवश्यक छैन । उनी एक उत्कृष्ट खेलाडी हुन् । उनीमात्र खेलाडी होईनन् जोसंग हामी संवाद गरिरहेका छौ । हामी धेरै खेलाडीसंग छलफल गरिरहेका छौ ।' एन्सेलाेटीले उल्लेख गरे ।
एन्सेलोटीले मुख्य खेलाडीको रुपमा ग्रिकका डिफेन्डर कोस्तास मानोलासलाई अनुबन्धन गरिसकेका छन् । नापोली निरन्तर जेम्ससंग सम्पर्कमा छ ।
एन्सेलोटी आफैपनि रियल मड्रिडसंग कोलम्बियन स्टारको सम्भावित गन्तव्यको बिषयलाई नजिकबाट नियाली रहेका छन् ।