एजेन्सी । मैत्रीपूर्ण खेलमा सेभिल्लासंग लिभरपुर पराजित भएको छ । प्रि–सिजन अन्तर्गत सोमबार बिहान सकिएको मैत्रीपूण खेलमा स्पेनिस क्लब सेभिल्लाले युरापियन च्याम्पियन लिभरपुललाई २–१ गेल अन्तरले हराएको हो ।
खेलको ३७ औ मिनेटमा निलिटोको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । ४४ औ मिनेटमा डिभोक ओरिजीले खेल बराबरीमा ल्याएका थिए । ७६ औ मिनेटमा जोरिस नाग्नन रातो रार्ड खादै मैदान बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सिमिति बनेको थियो ।
तर अन्तिम समयमा एलेजाद्रो पोजोले गोल गर्दै लिभरपुललाई स्तब्ध बनाईदिए ।
प्रि–सिजनको हारले युरोपको च्याम्पियन क्लबलाई पिडा थपिदिएको छ । लिभरपुलले नयाँ सिजन खेलाडी अनुबन्धमा खासै चासो राखेको छैन । पुरानै खेलाडीलाई निरन्तरता दिदै नयाँ सिजन चुनौती थप्ने लिभरपुलको योजना छ ।