एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले केलियन एम्बाप्पेलाई नयाँ सम्झौताको प्रस्ताव अघि सारेको छ । फ्रान्सका २० बर्षिया खेलाडीका लागि पीएसजीले सर्वाधिक तलब खुवाउने शर्त सहित पाँच बर्षको सम्झौता नविकरणको नयाँ प्रस्ताव अघि सारेको हो ।
मुख्य खेलाडी नेयमार पेरिस छाडेर बार्सिलोना फर्कने समाचार सार्वजनीक भईरहदाँ पीएसजीले एम्बाप्पेलाई क्लबमै राख्न चाहेको छ । पेरिसमा एम्बाप्पेको भविष्य सुनिश्चित गर्न पीएसजीले नयाँ प्रस्ताव अघि सारेको हो ।
नयाँ प्रस्ताव अनुसार २० बर्षका युवा आक्रमक फरवार्डलाई क्लबले सर्वाधिक तलब दिने खेलाडी बनाउन चाहेको छ । युरोपका ठुला क्लबले एम्बाप्पेमाथि चासो दिईरहदाँ पीएसजीले आफ्ना खेलाडी जोगाउन खोजेको हो ।
यदी नेयमार बार्सिलोना फर्किएको अवस्थामा एम्बाप्पे पीएसजमा सर्वाधिक तलब लिने खेलाडी बन्नेछन् । ब्राजिली स्टार नेयमार क्लब छाड्ने तयारीमा रहदाँ पीएसजीले एम्बाप्पेको अगाडी ५ बर्षको नयाँ सम्झौता राखेको हो । प्रिमियर लिगको सफल र खर्चालु क्लब म्यानचेष्टर सिटीले समेत एम्बाप्पेमाथि ईच्छा देखाईरहेको छ ।

नेयमारले बार्षिक रुपमा ३० मिलियन युरो तलब पाउँदै आएका थिए । तर पीएसजीले एम्बाप्पेलाई ५० मिलियन युरोको प्रस्ताव गरेको छ । उनी अहिले बार्षिक रुपमा १८ मिलियन युरो लिदै आएका छन् ।
सम्झौताले आकार लिएमा एम्बाप्पे क्लब फुटबलमा सर्वाधिक रकम बुझ्ने विश्व फुटबलका दोस्रो खेलाडी बन्नेछन् । सन् २०१७ मा मोनाकोबाट पीएसजी लोनामा आएका एम्बाप्पेलाई क्लबले मुख्य खेलाडीको रुपमा राखेको छ ।
उनले स्थायी रुपमा पीएसजीमा जोडिनु अघि ४४ खेलमा २१ गोल गरेका थिए ।
फ्रान्सलाई विश्वकप जिताउन महत्वपुर्ण भुमिका खेलेका उनले पछिल्लो सिजन ४३ खेलमा ३९ गोल गरको थिए । सोही कारण उनी युरोपका ठुला क्लबका मुख्य प्राथमिकता बनेका छन् ।