• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालले एसिया फाइनल जित्ने ३ आधार
खेलपाटी संवाददाता
आइतबार, साउन ५, २०७६ खेलपाटी संवाददाता
नेपालले एसिया फाइनल जित्ने ३ आधार
तस्विर-रमण सिवाकोटी

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सिंगापुरमा रहेको छ । एसिया फाइनल प्रतियोगिता भोली (सोमबार) बाट सुरु हुँदैछ ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र कतारबीचको खेल मंगलबार हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार, कुवेतसँग शनिबार र अर्को आइतबार नेपालले सिंगापुरसँग खेल्नेछ ।

मलेसियामा टी-ट्वान्टी सिरिज र अभ्यास गरेको नेपाल उपाधि जित्दै ग्लोबल छनोटमा पुग्न चाहन्छ । तर, उपाधि जित्न नेपाललाई चुनौती धेरै छ ।

समग्रमा हेर्दा नेपाल प्रतियोगिताको उपाधि दाबेदार टिम हो । उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त गर्ने एक मात्र राष्ट्र नेपाल हो । त्यसैले नेपालले उपाधि जित्ने लक्ष्य बनाएको छ ।

सिंगापुरमा रहेको नेपाली टोलीले उपाधि जित्ने आधार धेरै छन् । नेपालले उपाधि जित्ने मुख्य ३ आधार यस प्रकार रहेको छ ।

१. कमजोर प्रतिद्वन्दी

एसिया फाइनलमा नेपाल उपाधि दाबेदार टिम हो । यस फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त राष्ट्र हो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियता हेर्ने हो भने पनि नेपाल अन्य राष्ट्रभन्दा निकै माथि छ । आईसीसीको वरियतामा नेपाल ११ औं स्थानमा रहेको छ ।

नेपालपछि वरियतामा कतार २१ औं स्थानमा छ । यस्तै आयोजक सिंगापुर २३ औं, कुवेत २८ औं र मलेसिया ३५ औं स्थानमा रहेका छन् ।

आईसीसीको वरियता हेर्दा प्रतियोगितामा नेपाल हाबी हुने देखिन्छ । प्रतियोगितामा सिंगापुर र मलेसियाले नेपाललाई केहि चुनैती दिन सक्नेछन । तर, पछिल्लो भेटमा नेपाल हाबी हुँदै आएको कारण नेपालले जित निकाल्नेमा सबै विश्वस्त रहेका छन् ।

२. खेलाडीको उच्च मनोबल

सिंगापुर जानु अघि मलेसियामा नेपाली टोलीले घरेलु टोलीसँगको दुई खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा 'क्लिन स्विप' गरेको थियो । यस्तै पछिल्लो ५ खेलमा नेपाल लगातार ४ जित हात पारेको छ । गत माघमा नेपालले युएईसँग ३ खेलको टी-ट्वान्टी सिरिजमा २ जित हात पार्दै ऐतिहासिक सफलता हात पारेको थियो ।

करिब ५ महिनाको अन्तरालमा अन्तराष्ट्रिय खेल खेलेका नेपाली खेलाडीहरु घरेलु टी-ट्वान्टी प्रतियोगितामा भने निकै व्यस्त रहेका थिए । लगातार टी-ट्वान्टी क्रिकेटमा व्यस्त रहेका नेपाली खेलाडीको मनोबल पक्कै पनि उच्च रहेको छ ।

३. कप्तान पारसको लय

नेपालको ब्याटिङमा सधै ओपनरको अभाब देखिदै आएको छ । जसको कारण मलेसिया भ्रमणमा कप्तान पारस खड्काले ओपनिङको जिम्मा लिएका थिए र, कप्तान सफल पनि भए ।

कप्तान पारसले २ खेलमा १ सय ९ रन बनाएर सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा विस्फोटक ब्याटिङ गरेका उनले अविजित ८६ रन बनाएका थिए । पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका थिए ।

यसअघि युएई भ्रमणमा पारसले ३ खेलमा १ सय १५ रन बनाउँदै सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । अन्तराष्ट्रिय टी-ट्वान्टी खेलमा पारस उत्कृष्ट लयमा देखिएका छन् । यस्तै कप्तान पारस एक्लैले नेपाललाई खेल जिताउने क्षमता राख्दछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP