• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इंग्ल्याण्ड क्रिकेटका पाँच कप्तान, जो विदेशी थिए
खेलपाटी संवाददाता
आइतबार, साउन ५, २०७६ खेलपाटी संवाददाता
इंग्ल्याण्ड क्रिकेटका पाँच कप्तान, जो विदेशी थिए

एजेन्सी । विश्वकप विजेता इंग्ल्याण्डले व्यवसायिक खेलाडीलाई आफ्नो देशमा बस्नका लागि सहज वातावरण बनाउँदै आएको छ । क्रिकेटमा देखिने खेलाडी संख्याले यसको पुष्टि हुन्छ ।

घरेलु मैदानमा गत साता सम्पन्न एकदिवसीय विश्वकप जित्दा इंग्ल्याण्डको टोलीमा ७ खेलाडी अन्य देशमा जन्मिएका थिए । 

पूर्व खेलाडी जोनाथन ट्रोट, केभिन पिटरसन देखि अहिले टिममा रहेका इयान मोर्गन, बेन स्टोक्स, जोफ्रा आर्चर लगायतका खेलाडी इंग्ल्याण्डका होइनन् । उनीहरु अर्कै देशमा जन्मिए पछि परिवारसंगै इंग्ल्याण्ड आएका थिए ।

अन्य राष्ट्रमा जन्मिएर इंग्ल्याण्डबाट खेलेका खेलाडीको सूची धेरै छ । कतिपय खेलाडीले इंग्ल्याण्डको कप्तानी नै गरेका छन् ।

 

अन्य देशमा जन्मिएर इंग्ल्याण्ड क्रिकेट टिमको कप्तानी गरेका पाँच खेलाडीको चर्चा हामी गर्दैछौँ ।

१. इयान मोर्गन

Image result for eoin morgan

इयान मोर्गन क्रिकेटको जननी मानिने इंग्ल्याण्डलाई विश्वकप दिलाउन सफल कप्तान हुन् । विश्वकप सुरु भएको ४४ बर्षको पछि इंग्ल्याण्डलाई उपाधि दिलाउन सफल कप्तान मोर्गन भने आयरल्याण्डमा जन्मिएका हुन् ।

करिब १३ बर्ष क्रिकेटमा बिताईसकेका उनले इंग्ल्याण्ड क्रिकेटमा भने सन् २००९ मा डेब्यु गरेका थिए । सन् २००९ को  टी-ट्वान्टी विश्वकपमा पहिलो पटक मोर्गनले इंग्ल्याण्डबाट खेलेका थिए ।

यसअघि उनले आयरल्याण्डबाट अन्तराष्ट्रिय खेल खेल्दै आएका थिए । सन् २०१५ को विश्वकपबाट इंग्ल्याण्डको कप्तानी सुरु गरेका मोर्गन इंग्ल्याण्डका लागि एकदिवसीयमा सर्वाधिक खेल खेल्ने कप्तान हुन् ।

२. केभिन पिटरसन

Image result for kevin peterson

पूर्व ब्याट्सम्यान केभिन पिटरसन इंग्ल्याण्डले पाएको सफल ब्याट्सम्यान मध्ये एक हुन् । पिटरसन एक्लैले खेललाई आफ्नो पक्षमा फर्काउन सक्ने क्षमता राख्दथे ।

पिटरसनको जन्म भने दक्षिण अफ्रिकामा भएको थियो । उनी युवा अवस्थामा दक्षिण अफ्रिकाबाट इंग्ल्याण्ड सरेका थिए ।

पिटरसनले सन् २००४ मा जिम्बावेविरुद्ध एकदिवसीय खेल खेल्दै डेब्यु गरेका थिए । अन्तराष्ट्रिय खेलमा डेब्यु गरेको ३ बर्षपछि उनले इंग्ल्याण्डको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानीमा इंग्ल्याण्डले १२ एकदिवसीय र ३ टेष्ट खेलेको छ । जसमा इंग्ल्याण्डले ५ खेलमा जित हात पारेको थियो ।

३. नासिर हुसेन

Image result for नासिर हुसेन

इंग्ल्याण्डका पूर्व कप्तान नासिर हुसेनले विश्व क्रिकेटमा छुट्टै छाप छाडेका छन् । इंग्ल्याण्डका लागि उनले ८ हजार बढी रन बनाएका छन् । तर, उनको जन्म भने भारतमा भएको थियो ।

भारतको चेन्नईमा जन्मिएका हुसेन ७ वर्षको उमेरमा परिवारसहित इंग्ल्याण्ड गएका थिए । हाल क्रिकेट कमेन्ट्रीमा व्यस्त रहेका व्यस्त रहेका छन् ।

नासिरलाई विश्व क्रिकेटले निकै मेहनती खेलाडीको रुपमा हेर्ने गर्छ । उनलाई क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरले उत्कृष्ट रणनीतिकर्ताको उपनाम दिएका छन् । उनको कप्तानीमा इंग्ल्याण्डले लगातार ४ टेष्ट सिरिज जित्न सफल भएको थियो ।

इंग्ल्याण्डको आधुनिक क्रिकेटलाई उचाइमा पुर्याउन उनको ठुलो योगदान रहेको छ । उनी विश्वको पुरानो क्रिकेट क्लब एमसीसीका सम्मानित सदस्य समेत हुन् ।

४. एण्ड्रिउ स्ट्रस

केभिन पिटरसन जस्तै एण्ड्रिउ स्ट्रसको जन्म दक्षिण अफ्रिकामा भएको थियो र क्रिकेट करियर भने उनले इंग्ल्याण्डमा समापन गरे । फस्ट क्लास र लिस्ट 'ए' क्रिकेटमा सन् १९९७-९८ मा डेब्यु गरेका उनले अन्तराष्ट्रिय क्रिकेट खेल्न ६ वर्ष कुर्नु परेको थियो ।

सन् २००३ को विश्वकप पछि उनले श्रीलंकाविरुद्ध एकदिवसीय क्रिकेटबाट डेब्यु गरेका थिए । लगत्तै उनले टेष्टमा डेब्यु गर्दै इंग्ल्याण्डका लागि महत्पूर्ण खेलाडीको रुपमा आफुलाई उभ्याएका थिए ।

सन् २००९ मा केभिनले कप्तानी छाडेपछि एण्ड्रिउले इंग्ल्याण्डको कप्तानीको जिम्मा पाएका थिए । ३ वर्ष कप्तानी गरेका उनले इंग्ल्याण्डले ३ टेष्ट सिरिज जितेको थियो । कप्तानको रुपमा खासै सम्झन लायक प्रदर्शन नगेरे पनि उनको कप्तानीमा ४५ प्रतिशत जित हात पारेको थियो ।

५. आडम होल्लिओक

इंग्ल्याण्डका पूर्व कप्तान आडम होल्लिओकको जन्म अष्ट्रेलियामा भएको थियो । उनले सन् १९९६ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । लगत्तै अर्को वर्ष उनले एसेसमा डेब्यु गरेका थिए । तर,उनको क्रिकेटिङ करियर भने ४ टेष्ट र ३५ एकदिवसीय मात्र रहयो ।

छोटो क्रिकेट करियरमा पनि उनले इंग्ल्याण्डको कप्तानी गर्ने मौका पाएका थिए । सन् १९९७ देखि १९९९ सम्म उनले १४ एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डको कप्तानी गरेका थिए । उनको कप्तानीमा इंग्ल्याण्डले ६ खेलमा जित हात पारेको थियो ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP