• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फेरिएका भुमिका, बदलिएको जिम्मेवारी
नमीन ढकाल
शुक्रबार, साउन ३, २०७६ नमीन ढकाल
फेरिएका भुमिका, बदलिएको जिम्मेवारी
प्रशिक्षकाे भुमिकामा भाेला सिलवाल । फाेटाे : खेलपाटी ।

काठमाडौं । घरेलु फुटबलमा पुलिस सफल क्लब हो । सिनियर टोलीबाट घरेलु फुटबलमा राम्रो प्रभाव छाडेको पुलिसले उमेर समुहका प्रतियोगितामा खासै राम्रो नतिजा निकाल्न सकेको छैन ।

करिब एक महिना अघि उमेर समुहको प्रतियोगिता ललित स्मृति अन्डर १८ च्याम्पियनसिप आयोजना हुने टुङ्गो लाग्यो । पुलिसले प्रतियोगितामा खासै महत्वकांक्षा राखेको थिएन । यसअघिका तीनै संस्करणमा फाईनलसम्म नपुगेको पुलिसले दाबी गर्ने चिजपनि केही थिएन । तर आश्चार्यजनक नतिजा सहित पुलिस प्रतियोगिताको फाईनल पुग्यो । एक हिसाबले प्रतियोगितामा पुलिसले नसोचेको सफलता हात पार्यो ।

अखिल नेपाल फुटबल संघ एन्फाले हरेक बर्ष आफ्ना तत्कालिन कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मिृतीमा च्याम्पियनसिप आयोजना गर्छ । चौथो संस्करणको प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ । प्रतियोगिताको फाइनल समिकरण पुरा भैसकेको छ । उपाधिका लागि डिफेन्डिङ च्याम्पियन ब्रिगेड व्बाइज र विभागीय नेपाल पुलिस क्लब भिड्ने तय भएको छ ।

पुलिसले प्रतियोेगितामा पहिलो पटक फाइनल यात्रा तय गरेको हो । पहिलो संस्करणमा सेमिफाइनल पुगेको पुलिस त्यसपछिको दुई संस्करणमा भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

तर चौथो संस्करणमा भने पुलिसले फाईनल यात्रा तय गर्यो । पुलिसको रोमाञ्चक फाईनल यात्राका एक नायक प्रशिक्षक भोला सिलवाल पनि रहे ।
पहिलो पटक प्रशिक्षकको भुमिकामा मैदानमा देखिएका भोलाले डेब्यु प्रतियोगितामै पुलिसलाई फाईनलसम्मको यात्रा तय गराए ।

प्रशिक्षकको भुमिकामा पहिलो पटक फाइनल पुगेका भोला निकै खुसी देखिए ।

‘यो नतिजा सोचेका थिएनौ । पहिलो प्रयासमै फाइनल पुर्याउन सफल भएको छु । खुसी छु । मेरो एक्लो प्रयासमा सबै भएको हैन । यसमा सम्पुर्ण खेलाडी र समग्र टिमले गर्दा यहाँसम्म पुगेका हौ ।’ सेमिफाइनलमा जावलाखेललाई पराजित गरेसँगै उनले भने ।

‘हामी सुरुमा क्वाटरफाइनल पुग्ने लक्ष्य राखेका थियौ । तर टिम राम्रो हुँदै जाँदा फाइनल सम्म पुगियो ।’ उनले थपे ।

भोला कुनै समय घरेलु फुटबलका भरपर्दा मिडफिल्डर थिए । सन् २००८ मा राष्ट्रिय टिममा स्थान बनाएका उनले कहिल्यै पछाडी फर्किएर हेर्न परेन । सन् २०१६ सम्म उनी राष्ट्रिय टिमको नियमित खेलाडी रहे ।

विदेशी प्रशिक्षक अनि स्वदेशी प्रशिक्षकको नेतृत्वमा राष्ट्रिय टिमबाट खेलेका उनीले आफुलाई सबै खेलमा प्रमाणित गर्न सफल रहे । एक समय मिडफिल्डमा उनको स्थान लिने कोही थिएनन् ।

सन् २०१६ तिर उनले घुँडामा चोट बोक्न पुगे । त्यसपछि भने राष्ट्रिय टिमबाट बाहिर रहन पुगे । घुँडाको चोटले आराम गरिरहेका भोला गत बर्ष ए डिभिजन लिगमार्फत मैदान फर्किएका थिए ।

तर समय धेरै बदलिसकेको थियो । टिममा धेरै फेरबदल भईसकेको थियो । नेपाली फुटबल नयाँ पुस्तामा हस्तान्तरण भईसकेको थियो । भोला भने आफुलाई प्रमाणित गर्ने प्रतिक्षामा थिए ।

तर दुर्भाग्य, लिगको दौरान थ्रीस्टारविरुद्ध गोल गरेर खुसीयाली मनाउने क्रममा उनी लड्न पुगे । फेरी पुरानै चोट बल्झिन पुग्यो । त्यसपछि मैदानबाट हराएका उनी एक्कासी ‘टच लाइन’मा देखिन थाले । तर फरक भुमिकामा ।

लिग र मोफसलका प्रतियोगितामा उनी पुलिस टिमका प्रशिक्षक अनन्तराज थापाको सहायकको भुमिकामा देखिएका थिए । यस क्रममा उनले मुख्य प्रशिक्षक थापासँग धेरै सिक्ने अवसर पाए ।

यसै मौकामा उनले पुलिसको युथ टिम हेर्ने जिम्मा पाए । जसको उनले भरपुर सदुपयोग गरे ।

‘मलाई जसरी नेपाल पुलिसले जिम्मेवारी दिईएको थियो । त्यसलाई न्याय गर्ने सक्दो कोशिश गरेको छु ।’ उनले भने ।

‘अनन्त दाईलाई विशेष सम्झन चाहन्छु । उहाँबाट धेरै सिक्ने अवसर पाए । जसको सदुपयोग गरे । पहिलो प्रतियोगितामै फाइनल पुगे ।’ भोलाले थपे ।
भोलाको एउटै लक्ष्य छ, युथ प्रतियोगिताको नयाँ च्याम्पियन बनेर इतिहास रच्ने ।

पहिलो भुमिका अनि पहिलो उपाधि ।

त्यसका लागि उनको टिम तयार छ ।

प्रतियोगितामा ५ खेल खेलेको पुलिस एक खेलमा मात्रै पराजित भएको छ । त्यो पनि फाइनल प्रतिद्वन्दी ब्रिगेड ब्वाइजसंग ।

Image may contain: 3 people, people smiling, people playing sport and outdoor

‘टिमको अबको मुख्य लक्ष्य उपाधि हो । समूह चरणको खेलमा हामी पराजित भएको थियौ । सो खेलमा मुख्य दुई खेलाडी थिएनन् । अव फाइनलमा राम्रो खेल्दै उपाधिमा ध्यान दिन्छौ ।’ उनले भने ।

सिलवाल नेतृत्व पुलिसले समूह सीको पहिलो खेलमा जावलाखेल युथलाई २–१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको थियो । दोस्रो खेलमा सरस्वती युथ क्लबलाई ५–१ ले पराजित गरेको पुलिस समुह चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइजसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

समूह सीबाट उपविजेताको रुपमा क्वाटरफाइनल पुगेको पुलिसले मछिन्द्र क्लबको चुनौती १–० ले पन्छाएको थियो । बिहीबार भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस पहिलो पटक फाइनल पुगेको थियो ।

अघिल्ला संस्करण जस्तै एन्फाले यस पटक एन्फा एकेडेमीका खेलाडी क्लबलाई उपलब्ध गराएन । तर त्यसको असर पुलिसमा खासै परेन । भोलाले देशभर रहेका खेलाडीलाई सामाजिक सञ्जालमार्फत छनोटका लागि आह्वान गरेका थिए ।

ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लबबाट खेलेका विशाल बस्नेत बाहेक पुलिसमा सबै खेलाडी खुल्ला प्रतिस्पर्धाबाट आएका हुन् । कप्तान विशाल पछिल्लो समय नेपाल पुलिस क्लबको करारका लागि प्रयासरत छन् ।

‘विशाल धेरै राम्रो खेलाडी हो । पुलिस टिममा पनि रहेको थियो । युथ टिममा ल्याउन सजिलो भयो । त्यसैले हाम्रो डिफेन्स बलियो रहेको छ ।’ विशालको बारेमा भोला भन्छन् ।

नयाँ खेलाडी सहित मैदान उत्रिएका भोला ईतिहास रच्न मात्र एक खेल पछाडी छन् । त्यसको छिनोफानो आईतबारनै हुनेछ ।

तर भोला प्रशिक्षक भन्दा केही समय खेलाडीकै भुमिकामा देखिन चाहन्छन् ।

‘मेरो सोचाई अहिलेनै प्रशिक्षकको भुमिकामा देखिने छैन । घाईते भएको अवस्थामा संगठनले जिम्मेवारी दिएको हो । अझै पनि १–२ बर्ष घरेलु फुटबलमै रमाउँछु । त्यसपछि प्रशिक्षकको भुमिकालाई अगाडी बढाउछु ।’ भोला भन्छन् ।

भोलाले राष्ट्रिय टिमबाट सन्यास लिएका छैनन् । उनको मन छ, देशको सुर्य र चन्द्र अंकित झन्डा लगाएर सुखद विदाई लिने ।

‘सन्यास लिईसकेको छैन । टिममा खेल्नै पर्छ भन्ने छैन । नयाँले अवसर पाउनुपर्छ । तर एक दिन देशको लागि अन्तिम खेल खेल्दै सुखद् बिदाई लिने मन छ ।’ उनी भावुक बन्छन् ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP