एजेन्सी । ओडियन इग्लुको निर्णायक गोलको सहयोगमा नाईजेरियाले तेस्रो स्थानका लागि भएको प्लेअफमा अफ्रिका कप अफ दी नेसन्समा ट्युनेसियालाई हराएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रहेका इग्लुले खेलको तेस्रो मिनेटमै गोल गर्दै नाईजेरियालाई तेस्रो स्थान दिलाए । इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गर्नसमेत सफल रहेका छन् ।

सेमिफाईनलमा पराजित दुवै टिम तेस्रो स्थानका लागि हुने प्रतियोगितामा भिडेका थिए ।
तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो ।
सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधिको नजिक छ । उसले सन् १९९० को विजेता अल्जेरियासंग शुक्रबार फाईनल खेल खेल्नेछ ।