एजेन्सी । प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा म्यानचेष्टर सिटीले प्रभावशाली जित निकालेको छ । बुधबार भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ गोल अन्तरले हराएको हो ।
वेस्ट ह्यामले खेलको २६ औ मिनेटमा सुरुवाती अग्रता लिएको थियो । २६ औ मिनेटमा मार्क नोबेलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३३ औ मिनेटमा डेबिड शिल्भाले बराबरी गोल फर्काए । लुकास नेमेचाले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
५९ औ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को स्थितीमा पु¥याएका थिए । ७२ औ मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए ।
प्रि–सिजनको खेलमा सिटीले युवा खेलाडीलाई मौका दिएको थियो । प्रि–सिजन अन्तर्गत सिटीले वेस्ट ह्यामसंग मैत्रीपूर्ण म्याच खेलेको हो ।