एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा युनाईटेडले इंग्ल्याण्डको च्याम्पियन्स क्लब लिड्स युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको जितमा मार्कुस राष्फोर्ड, एन्थोनी मार्सियल, फिल जोन्स र मसुन ग्रीनवुडले एक एक गोल गरे ।
योसँगै नयाँ सिजन अघि अष्ट्रेलिया भ्रमणमा रहेको युनाईटेडले लगातार दोस्रो जित निकालेको छ ।
यसअघि युनाईटेडले अष्ट्रेलियाको पर्थलाई हराएको थियो ।