एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब न्युकासलले स्टिभ ब्रुसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
न्युकासलले बुधबार स्टिभलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ५८ बर्षे स्टिभले क्लबसँग ३ बर्षे सम्झौता गरेका छन् ।
सन्डरल्याण्डका पुर्व प्रशिक्षक समेत रहेका स्टिभ यसअघि सेफिल्डको प्रशिक्षक रहेका थिए ।
गत महिना राफायल बेनिटेजले क्लब छाडेसँगै न्युकासल मुख्य प्रशिक्षक विहीन रहेको थियो ।