एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा आर्सनलले अमेरिकी क्लब कोलोराडो रापिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा बोकायो साका, जेम्स ओल्यिन्का र ग्राबियल मार्टिनीलीले एक एक गोल गरे ।
नयाँ सिजन सुरु अघिको तयारीका लागि आर्सनल अमेरिका भ्रमणमा रहेको छ ।
आर्सनलले अमेरिका भ्रमण दौरान इन्टरनेशनल च्याम्पियन्स कप खेल्नेछ ।
इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलसँगै रियल मड्रिड, वायर्न म्युनिख र फियोरेन्टिना रहेका छन् ।