एजेन्सी । प्रशिक्षक जोसे माउरिन्होले फुटबलको व्यवस्थापनमा फर्किन आफु आतुर रहेको बताएका छन् । उनले आफु सही क्लबको प्रतिक्षामा रहेको समेत खुलाएका छन् ।
५६ बर्षका माउरिन्होलाई गत डिसेम्बरमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले बर्खास्त गरेको थियो ।
‘म फुटबलमा फर्किन निकै भोको छु । तर सही क्लबको प्रतिक्षामा छु । र सही कामको प्रतिक्षामा छु ।’ उनले भनेका छन् ।
‘म त्यही चिज गर्न चाहन्छु । जुन चिज मलाई गर्न मन पर्छ । म काम गर्न मन पराउँछु । र मलाई अन्य खेल समेत मन पर्छ । र यो आनन्द लिने अर्को मौका हो ।’ उनले थपे ।
उनले चेल्सीका नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको बिषयमा भने प्रतिक्रिया दिन अस्विकार गरे । माउरिन्होले चेल्सीमा मुख्य प्रशिक्षकको रुपमा पाँच बर्ष बिताएका थिए ।
क्लब फुटबलका सफल प्रशिक्षक माउरिन्होलाई कीर्तिमानी मुल्यमा चीनियाँ क्लब हेर्न समेत प्रस्ताव आएको छ । उनले पोर्टो, ईन्टर मिलान, रियल मड्रिड जस्ता विश्व स्तरीय क्लबमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
उनले जुनसम्म प्रशिक्षकको रुपमा आफु फर्कने आशा ब्यक्त गरेका थिए । तर पछिल्लो समय उनी कुनै देशको राष्ट्रिय टिममा काम गर्न ईच्छुक रहेको बताउन थालेका छन् ।