• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मलेसियाविरुद्ध नेपालले बनाएको ५ कीर्तिमान
खेलपाटी संवाददाता
आइतबार, असार २९, २०७६ खेलपाटी संवाददाता
मलेसियाविरुद्ध नेपालले बनाएको ५ कीर्तिमान

काठमाडौं । नेपालले घरेलु टोलि मलेसियाविरुद्वको दुई खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा 'क्लिन स्विप' गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेट पराजित गरेको थियो ।

मलेसियाविरुद्ध नेपालले ऐतिहासिक सिरिजमा क्लिन स्विप मात्र गरेन । अन्य थुप्रै कीर्तिमानहरु बनाएको छ ।

नेपालले मलेसियाविरुद्धको सिरिजमा बनाएको पाँच कीर्तिमानहरु यस प्रकार रहेको छ ।

१. टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक (पारस खड्का) 

Image may contain: one or more people and outdoor

शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दा कप्तान पारस खड्काले किर्तिमानी प्रदर्शन गरे ।

उक्त खेलमा ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

पहिलो खेलमा अर्धशतक बनाएसँगै कप्तान पारस अन्तराष्ट्रिय टी-ट्वान्टीमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बने । हालसम्म पारस बाहेक अन्य नेपाली खेलाडीले टी-ट्वान्टीमा दुई अर्धशतक बनाएको छैन । 

यसअघि कप्तान पारसले सन् २०१५ मा भएको नेदरल्याण्डविरुद्धको सिरिजमा ४० बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

नेपालबाट हालसम्म टी-ट्वान्टी अन्तराष्ट्रियमा पारससँगै सुवास खकुरेल, सन्दीप जोरा र विनोद भण्डारीले अर्धशतक बनाएका छन् ।

सुवासले सन् २०१४ को टी-ट्वान्टीमा विश्वकपमा अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए । सुवास अन्तराष्ट्रिय टी-ट्वान्टीमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

यस्तै गत माघमा युएईविरुद्धको अन्तराष्ट्रिय टी-ट्वान्टीमा सिरिजमा सन्दीप जोराले कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए । डेब्यु खेलमा अविजित ५३ रन प्रहार गरेका जोरा अन्तराष्ट्रिय टी-ट्वान्टीमा सबै भन्दा कम उमेरका खेलाडी हुन् । 

विनोदले आइतबार मलेसियासँगको खेलमा अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टी-ट्वान्टीमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका थिए ।

२. टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक (विनोद भण्डारी)

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले आइतबार भएको अन्तिम तथा दोस्रो खेलमा विस्फोटक ब्याटिङ गरे ।

भण्डारीले २५ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यो अर्धशतकसंगै भण्डारी अन्तराष्ट्रिय टी ट्वान्टीमा नेपालबाट सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए ।

यस्तै भण्डारी अर्धशतक प्रहार गर्ने चौथो नेपाली खेलाडी बने । चौथो खेलाडी बनेपनि उनको अर्धशतक नेपालका लागि पाचौं हो । यस अघि पारस खड्काले दुई पटक, सुवास खकरेल र सन्दीप जोराले अन्तराष्ट्रिय टी ट्वान्टीमा समान १/१ पटक अर्धशतक बनाएका छन् ।

यसअघि पारसले ३२ बल, सुवासले ४८ बल र सन्दीपले ४१ बलमा अर्धशतक बनाएका थिए ।

३.टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक स्कोर

नेपालले आइतबार मलेसियाविरुद्ध १७३ रन बनाएको थियो । र, नेपालले बनाएको यो स्कोर अन्तराष्ट्रिय टी-ट्वान्टीमा बनाएको सर्वाधिक उच्च रन हो ।

यसअघि सन् २०१४ को आईसीसी टी-ट्वान्टी विश्वकपमा हङकङविरुद्ध नेपालले बनाएको १४९ रन सर्वाधिक रन थियो । हङकङविरुद्ध नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । 

४. टी-ट्वान्टीमा क्लिन स्विप

मलेसियाविरुद्ध दुई खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज २-० ले जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो । नेपालले यसअघि टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेपनि क्लिन स्विप गरेको थिएन ।

नेपालले अहिलेसम्म ४ अन्तराष्ट्रिय टी-ट्वान्टी सिरिज खेलेको छ । सन् २०१४ को आईसीसी टी-ट्वान्टी विश्वकपपछि नेपालले २ बर्षको लागि टी-ट्वान्टीमा मान्यता पाएको थियो ।

त्यसबीचमा नेपालले पहिलो पटक हङकङसंग ५ खेलको सिरिज खेलेको थियो । ४ खेल खराब मौशम कारण हुन सकेन र एक खेलमा नेपाल पराजित हुँदै सिरिज गुमाएको थियो ।

सन् २०१५ मा नेदरल्याण्डविरुद्ध नेपालले ४ खेलको अन्तराष्ट्रिय टी-ट्वान्टी सिरिज खेल्यो । उक्त सिरिज नेपालले ३-१ ले गुमाएको थियो ।

यस्तै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि गत माघमा घरेलु टोली युएईविरुद्धको टी-ट्वान्टी सिरिज २-१ ले जित्दै ऐतिहासिक सिरिज हात पारेको थियो ।

५. टी-ट्वान्टी अन्तराष्ट्रियमा व्यक्तिगत उच्च स्कोर (पारस खड्का)

नेपालका कप्तान पारस खड्काले मलेसियाविरुद्धको पहिलो खेलमा विस्फोटक ब्याटिङ गरे । कप्तान पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८६ रन बनाए ।

उक्त इनिङ्ससंगै कप्तान पारस अन्तराष्ट्रिय टी-ट्वान्टीको एकै इनिङ्समा व्यक्तिगत सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने । यसअघि सुवास खकुरेलले सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानविरुद्ध बनाएको ५६ रन उच्च स्कोर रहेको थियो । जुन कप्तान पारसले ५ बर्षपछि तोडेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP