• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टीमा नेपालको ऐतिहासिक 'क्लिन स्विप'
खेलपाटी संवाददाता
आइतबार, असार २९, २०७६ खेलपाटी संवाददाता
टी-ट्वान्टीमा नेपालको ऐतिहासिक 'क्लिन स्विप'

काठमाडौं । नेपालले घरेलु टोलि मलेसियाविरुद्वको दुई खेलको टी–ट्वान्टी सिरिजमा 'क्लिन स्विप' गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

टी-ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक 'क्लिन स्विप' हो । यसअघि नेपालले टी-ट्वान्टी सिरिजमा 'क्लिन स्विप' गरेको थिएन् । आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

किनरारा ओभलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो ।

मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । अमीनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए ।

मुहम्मद रियाहदत २१ रनमा नटआउट रहे । अहमेद फैज १७, शफीक शरीफ १०, अरुवर अरुद्वीन ७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाए ।

योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बने । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका थिए।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।

मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपालले मलेसियासँग सिरिज खेलेको हो । अब नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछ। 

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुदैछ । 

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP