एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीले मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा चेल्सीले आइरीस क्लब सेन्ट प्याट्रिक्स एथलेटिकलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

नयाँ सिजन सुरु अघिको प्रि-सिजन टुरमा रहेको चेल्सीका लागि ओलिभर जेरुडले २ गोल गरे । यस्तै मसुन माउन्ट र इमर्सनले एक एक गोल गरे ।
योसँगै प्रशिक्षक फ्रान्क लाम्पार्डले टिम सम्हालेसंगै चेल्सीले प्रि-सिजनको मैत्रिपूर्ण खेलमा पहिलो जित निकाल्न सफल भएको छ ।

