एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले अन्तराष्ट्रिय मैत्रीपूर्ण क्लब फुटबलमा अष्ट्रेलियाको पर्थ ग्लोरीलाई पराजित गरेको छ ।
नयाँ सिजन अघिको प्रि-सिजन टुरका लागि अष्ट्रेलियामा रहेको युनाईटेडले शनिबार पर्थलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको जितमा मार्कुस राष्फोर्ड र जेम्स गार्नेरले एक एक गोल गरे । युनाईटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ६० औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा गार्नेरले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

नयाँ सिजनको लिग अघि तयारी गर्न युनाईटेडको टिम अष्ट्रेलियाको भ्रमणमा रहेका छन् ।
