काठमाडौं । ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपको पहिलो क्वाटरफाईनलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज (शुक्रबार) सार्वजनीक गरेको तालिका अनुसार पहिलो क्वाटरफाईनलमा शेर्पा र मनाङ भिड्ने तय भएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दुवै टिम आगामी आईतबार दिउँसो १ बजे भिड्नेछन् ।
सोही दिन दोस्रो क्वाटरफाईनलमा ब्रिगेड ब्वाईज र विभागीय टिम एपीएफ भिड्नेछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो ४ बजे सूरु हुनेछ ।
यस्तै, तेस्रो क्वाटरफाईनलमा आर्मी र जावलाखेल तथा चौथा क्वाटरफाईनलमा पुलिस र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल सोमबार सञ्चालन गरिनेछ ।
प्रतियोगिताको समुह चरणको खेल बिहिबार सकिएको थियो ।
समुह एबाट हिमालयन शेर्पा र मछिन्द्र, समुह बीमा आर्मी, एपीएफ र मनाङ, समुह सीबाट ब्रिगेड, पुलिस र जावलाखेल अन्तिम ८ मा प्रवेश गरेका थिए ।