एजेन्सी । बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको छ ।
लिग प्रतिद्वन्दी एट्लेटिको मड्रिडका फरवार्ड ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो ।
२८ बर्षका विश्वकप विजेता टोलीका सदस्य ग्रिजम्यानले क्लबसंग ५ बर्षको सम्झौता गरेका छन् ।
ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको मड्रिड गएका थिए । उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए ।
उनले एट्लेटिकोसंग सन् २०१८ मा क्लबसंग ५ बर्षको सम्झौता गरेका थिए । तर उनले समरमा क्लब छाड्ने घोषणा गरेका हुन् ।