एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘बालोन एजुकेटिभ डी स्कोलास’ अवार्ड पाएका छन् ।
इसाई धर्मगुरु पोप फ्रान्सिसले स्थापना गरेको स्कोलास अक्युरेन्टेस फाउन्डेसनले मेस्सीलाई ‘बालोन एजुकेटिभ डी स्कोलास’ प्रदान गरेको हो ।
मेस्सीले कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै फाउन्डेसनले अवार्ड दिएको हो । कोपामा मेस्सीको टिम सेमिफाइनलसम्म पुगेको थियो ।
यस अवार्ड पाउन मेस्सीले सर्वाधिक मत ल्याएका थिए । ३२ वर्षे मेस्सीले ३४.२८ प्रतिशत मत पाएका थिए । यस्तै पेरुका मिडफिल्डर एडिशन फ्लोरिजले १५.५६ , पेड्रो गालिजले ११.२८ र ब्राजिलयन कप्तान ड्यानी अल्भेसले १०.५ प्रतिशत मत पाएका थिए ।
यस्तै मेस्सीले अवार्डसँगै मोजाम्बिकका बच्चाहरुले निर्माण गरेको बल राख्ने र्याक र पोपको आशिर्वाद पाएको मार्काले जनाएको छ ।
यस फाउन्डेसनले विश्वका १९० देशका ५ लाख बढी स्कुलमा काम गर्दै आईरहेको छ ।