एजेन्सी । विश्वका सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीको शीर्ष १० मा फुटबलका ३ खेलाडी अटाएका छन् ।
फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फुटबलबाट लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार अटाएका छन् ।
मेस्सी सूचीको चौंथो स्थानमा रहेका छन् । यस्तै पोर्चुगल तथा युभेन्ट्सका स्टार रोनाल्डो छैटौं र पीएसजीका ब्राजिलियन स्टार नेयमार सातौं स्थानमा रहेका छन् ।
मेस्सीको कमाई १२७ मिलियन पाउण्ड रहेको छ । यस्तै रोनाल्डोको १०९ र नेयमारको १०५ मिलियन रहेको फोर्ब्सले जनाएको छ ।
विश्वमा सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको शिर्ष स्थानमा गायिका टेलर स्विफ्ट रहेकी छिन् । उनको कमाई १८५ मिलियन रहेको छ ।