काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
नयाँ वरियतामा नेपाल १०१ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १०३ औं स्थानमा रहेको थियो । अघिल्लो महिना नेपालले पाँच स्थान सुधार गरेको थियो ।
एसियाको वरियतामा नेपाल २१ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ५७ औं स्थानमा रहेको छ ।
दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३९ औं र भुटान १५४ औं स्थानमा रहेको छ ।
नयाँ वरियतामा विश्व विजेता अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौंथो र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेका छन् ।