एजेन्सी । इन्ग्लिश प्रिमियर लिगको तयारीमा रहेको लिभरपुलले मैत्रीपूर्ण खेलमा ट्रान्मेरे रोभर्सलाई फराकिलो गोल अन्तरले हराएको छ ।
प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा लिभरपुलले रोभर्सलाई ६-० गोल अन्तरले पराजित गरेको छ ।
साविकको उपविजेता लिभरपुललाई जित दिलाउन ह्रियन ब्रेव्स्टरले दुई गोल गरे । यस्तै नाथनिएल क्लेन,कुर्टिस जोन्स,डिभोक ओरिगी र पाउल ग्लाटजेलले एक एक गोल गरे ।

दोस्रो डिभिजनको क्लब रोभर्सविरुद्ध लिभरपुलले दुवै हाफमा ३/३ गोल गरेको थियो ।
लिभरपुलले रोभर्सविरुद्ध दोस्रो रोजाईका खेलाडी मैदान उतारेको थियो ।
