एजेन्सी । अल्जेरिया अफ्रिका कप अफ नेसन्सको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा आईभेरी कोस्टलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अल्जेरिया अन्तिम ४ मा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
जसमा अल्जेरियाले ४–३ ले बाजी मार्न सफल भयो ।
अनुभवी फरवार्ड विलफर्ड बोनी र मिडफिल्डर सेरी डाइ पेनाल्टीमा असफल भएपछि आइभेरी कोस्ट घर फर्कन बाध्य भयो ।
अल्जेरियाले सोफियान फेगौलीको गोलबाट खेलमा अग्रता बनाएको थियो । वेस्ट ह्यामका पुर्व विङ्गरले २० औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

अल्जेरियाले प्राप्त पेनाल्टी चुकाउँदा खेलको सुरुवातमै २–० को अग्रता लिने अवसर गुमाएको थियो । बगदाद बाउन्दजाह पेनाल्टीमा चुकेपछि उसले अग्रतालाई दोब्बर पार्ने मौका गुमाएको थियो ।
आईभेरी कोस्टका जोनाथन कोडजियाले ६२ औ मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्न सफल भएको थियो ।

खेलको अन्तिम समयमा अल्जेरियाले स्टार मिडफिल्डर रियाद महरेजलाई मैदान बाहिर निकालेकाे थियाे । सोही कारण उनीले पेनाल्टी प्रहार गर्न पाएनन् ।
अल्जेरियाले अब सेमिफाईनल खेलमा नाईजेरियासंग प्रतिस्पर्धा गर्नेछ ।