एजेन्सी । ब्राजिलमा सम्पन्न कोपा अमेरिकाको सेमिफाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना हारेपछि समर्थकहरु अहिले निकै दुखित छन् ।
सेमिफाइनलमा ब्राजिलसँगको हार समर्थकहरुलाई पत्याउन गार्हो भईरहेको छ । तर, उक्त हारलाई बिर्सदै मेस्सीले समाजसेवामा लागेका छन् । अर्जेन्टिनामा रहेको मेस्सीको परिवारको रेस्टुरेन्टले सुकुम्बासीलाई निशुल्क खान खुवाउने अभियान नै चलाएको छ ।
रोसारियोमा रहेको मेस्सीको रेस्टुरेन्टले सुकुम्बासीलाई हरेक दिन खाना खुवाईरहेको मार्का अनलाईनले जनाएको छ । भिआईपी नामक रेस्टुरेन्टले हरेक दिन बेलुका ७ देखि ९ बजेसम्म सुकुम्बासीलाई निशुल्क खाना खुवाईरहेको अन्तराष्ट्रिय समचार सँस्थाहरुले जनाएको छ ।

यो अभियान दुई हप्ता चल्ने रेस्टुरेन्टका म्यानेजर एरिएल अल्मादाले जानकारी गराएका छन् ।
'हामीले कफी, सफ्ट ड्रिंक, वाइन लगायतका कुराहरु समेत दिने गरेका छौं । धेरै मानिसहरु आएका छन् । हामी १५ दयस अभियानलाई १५ दिनसम्म कायम राख्ने छौं,' रेस्टुरेन्टका म्यानेजर एरिएल अल्मादाले भनेका छन् ।