एजेन्सी । साउथ अफ्रिकालाई हराउँदै नाईजेरिया अफ्रिका कप अफ नेसन्सको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा नाईजेरियाले साउथ अफ्रिकालाई २–१ गोल अन्तरले हराएको हो ।
विलियम ट्रोस्ट एकोङ्गले खेल सकिन एक मिनेट अघि नाटकिय गोल गर्दै नाईजेरियालाई अन्तिम चारको यात्रा तय गराए । स्यामुयल चुकेउजेले २७ औ मिनेटमा गोल गर्दै नाईजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
भिल्ला रियलका युवा खेलाडी चुकेउजेले देशका लागि पहिलो गोल गर्दै टोलीलाई अगता दिलाउन सफल भएका हुन् । बोन्गनी जुंङगुले ७१ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

नाईजेरियाले अब आइभेरी कोस्ट र अल्जेरियाबीचको विजेतासंग दोस्रो सेमिफाईनलको खेल खेल्नेछ ।