एजेन्सी । लिभरपुलका फरवार्ड डिभोक ओरिगीले क्लबसंग नयाँ सम्झौता गरेका छन् । बेल्जियमका अन्तराष्ट्रिय स्टारले क्लबसंग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरको हुन् ।
२४ बर्षका ओरिगी सन् २०१४ मा लिलीबाट पाँच बर्षका लागि लिभरपुल आएका थिए । उनले दुई सिजन लोनमा बाहिर समेत बिताए ।
लिभरपुलमा गत सिजन ओरिगीले राम्रो प्रभाव छाड्न सके । उनले च्याम्पियन्स लिगको सेमिफाईनलमा बार्सिलोनाविरुद्व दुई गोल गरेका थिए । त्यस्तै फाईनलमा समेत टोटेनहमविरुद्व उनले सोही लयलाई कायम राखे ।
‘मेरो ईच्छा सधै म यही रहुँ भन्ने छ ।’ ओरिगीले भने, ‘यहाँ केही विशेष हुन गईरहेको छ ।’
सन् २०१४ को विश्वकपमा राम्रो प्रर्दशन गरेपछि लिभरपुलले ओरिगीलाई १० मिलियन पाउण्डमा अनुबन्धन गरेका थियो ।
लिभरपुलमा दुई सिजन बिताएका उनले सबै प्रतियोगितामा २१ गोल गरेका थिए । तर चोटका कारण उनी फर्ममा देखिन संघर्षरत रहे । उनले २०१७–१८ को सिजन जर्मन क्लब उल्भ्सवर्गमा बिताएका थिए ।
‘यो यस्तो कथा बन्यो, जो फुटबलमा मात्र लेख्न सकिन्छ ।’ लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने, ‘उसले उल्भ्सवर्गमा हुदाँ राम्रो काम गर्न सकिरहेको थिएन । जब फर्कियो, उसले छोड्ने बिषयमा सोचिरहेको थियो ।’
‘उसले आफुलाई सुधार गर्दै गयो । हामीले अभ्यासको क्रममा देख्यौ । र उसले केही अविश्वसनीय र महत्वपुर्ण गोल गरेको छ ।’ उनले भने ।
‘अहिले गज्जबको खेलाडी भएको छ । उसलाई पाउनु हामीलाई खुसीको कुरा हो ।’ योर्गेन थप्छन् ।