एजेन्सी । विश्व विजेता अमेरिकी महिला फुटबल टिमको न्युयोर्कमा भब्य स्वागत गरिएको छ । दशौ हजार मानिस न्युयोर्कमा जम्मा भएर विश्वकप विजेता टोलीको स्वागत गरेका थिए ।
आईतबार भएको फाईनल खेलमा नेदरल्याण्डलाई हराउँदै अमेरिकाले महिला विश्वकपको उपाधि उचालेको थियो । अमेरिकाले चौथो पटक उपाधि जितेको हो । उसले अन्तिम पटक सन् २०१५ मा समेत उपाधि जितेको थियो ।
छत खुल्ला भएको बसमा खेलाडीलाई राखिएको थियो । खेलाडीहरुले कालो टिसर्ट लगाएका थिए । जसमा विश्व च्याम्पियन लेखिएको थियो । लेखिएको अक्षर स्वर्ण थियो ।
न्युयोर्कमा मेयर विल डि ब्लासियो खेलाडीको स्वागतमा जोडिएका थिए । उनले अमेरिकी टिमलाई सिटी हलमा एक समारोहको आयोजना गरेर स्वागत गरेका थिए ।

खेलाडी स्टेजमा भएको समय प्रशंसकहरुले पुरुष बराबर तलबको माग गर्दै नारा लगाएका थिए । महिला खेलाडीले समेत अमेरिकी फुटबल महासंघसंग पुरुष खेलाडी बराबरको तलब आफुले पाउनुपर्ने माग गरेका थिए ।
मंगलबार मात्र विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बल जितेकी मेगन रापीनोले संयुक्त राज्यका कुनैपनि खेलाडी ह्याईट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेट्न नजाने बताएकी थिईन् ।



रापिनोले भनिन्, ‘म जाने छैन । र टिमका सबै साथीले यस बिषयमा कुरा गरेको हुनुपर्छ ।’
विश्वकपको दौरान महिला खेलाडीबाट राष्ट्रपति ड्रम्पले गरेको टिप्पणीले विवाद सिर्जना भएको थियो ।