एजेन्सी । सेनेगल इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको क्वाटरफाइनलमा बेनिनलाई १-० गोल अन्तरले पराजित गर्दै सेनेगल अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै सेनेगल सेमिफाइनलमा पुगेको हो ।

सेनेगलको जितमा इड्रिस्सा गाना गूएएले ७० औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै खेलको ८२ औं मिनेटमा ओलिभर भेर्डोनले रातो कार्ड पाउँदा बेनिन १० खेलाडीमा समेटिएको थियो ।
योसँगै सेनेगल सन् २००६ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको हो ।
