काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाडेका छन् ।
बुधबार भएको खेलमा जकार्ताले पर्सिब बान्डुङसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित जकार्ताले सुरुवाती गोल गरेपनि बराबरी खेलेको हो । खेलको ७५ औं मिनेटमा मार्को सिमिकले गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए । तर, खेलको ९० औं मिनेटमा पर्सिबका अर्तुर गभोर्कयनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पर्सिबविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
साविकको विजेता समेत रहेको जकार्ताले ६ खेलबाट ६ अंक जोडेको छ । जकार्ता लिगको १३ औं स्थानमा छ ।