काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका ट्रेनर विवेक विक्रान्त अधिकारी र गोलकिपर किरण चम्जोङबीचको झगडाबारे छानबिन समिति गठन गरेको छ ।
एन्फाले बुधबार मधु सुदन उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा सुर्यनाथ अधिकारी र सन्जिब मिश्र रहेका छन् ।
छानबिन समितिले घटनाको रिपोर्ट असार २९ गतेभित्र बुझाउने छ ।
गत असार ९ गते ट्रेनर विवेक र किरणबीच झगडा भएको थियो । प्रशिक्षणको विषयमा विवाद हुँदा ट्रेनर विवेकले किरणको अनुहारमा चिया छ्यापीदिएका थिए ।