• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खेलाडीका दुख : उपचार नपाउँदा 'ब्यानर'को साहारा !
नमीन ढकाल
बुधबार, असार २५, २०७६ नमीन ढकाल
खेलाडीका दुख : उपचार नपाउँदा 'ब्यानर'को साहारा !

काठमाडौं । ललित स्मृति यू–१८ प्रतियोगिताको चौथो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ । कमै मात्र दर्शक देखिने प्यारापिटमा सदाझै मंगलाबार पनि पातलै दर्शक देखिन्थ्यो ।

प्रतियोगिताको २२ औ खेलमा सरस्वती र जावलाखेल मैदानमा थिए । तर दर्शक प्यारापिटमा भने एक फरक दृष्य देखिएका थियो । एक व्यक्ति ब्यानर देखाउँदै बसिरहेका थिए । जहाँ लेखिएको थियो,

एन्फा हिम्मत छ भने

जावलाखेल युथ क्लबलाई कारबाही गर ।

खेलाडीको हितमा हुने नियम लागु गर ।

क्लबको दादागिरी चल्दैन क्लबको ईशारामा नाच्न पाईदैन ।

ब्यानर देखाउने व्यक्ति थिए, समिर विष्ट । उनी जावलाखेल युथ क्लबका पुर्व खेलाडी हुन् । क्लबबाट पिडित बनेका विष्ट ब्यानर देखाएर आफ्नो दुख र पिडा पोख्न खोजिरहेका थिए । जुन घाउ उनको करिब ९ महिना अघिबाट बल्झिरहेको छ ।

ब्यानर देखाउनुको पिडा 

एन्फाले गत बर्षको असोज १३ गतेबाट सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । ५ बर्ष रोकिएको लिगले पुर्नजिवन पाएको अवस्था थियो । घरेलु फुटबल चलायमान देखिन थाल्यो । बेरोजगार खेलाडीलाई क्लबले सम्पर्क गर्न थाले । लिग खेल्न पाउने भएपछि खेलाडी समेत उत्साहित थिए ।

लिग खेल्न १४ क्लबले एन्फामा खेलाडी दर्ता गराएका थिए । जावलाखेलले समेत समिर विष्ट सहितका खेलाडीको सुचि एन्फामा बुझाएको थियो । समिर ६ महिनाका लागि क्लबसंग अनुबन्धित भएका थिए ।

लिगको तयारी लागि क्लबले पोखरामा हुने आदर्श कप खेल्ने भयो । समिर समेत पोखरा लागे । प्रतियोगिताको दौरान समिर घाईते हुन पुगे ।

उनको घुँडामा नराम्रो चोट लाग्यो । पोखरामा सामान्य उपचार गरे । डाक्टरले केही हप्तामा ठिक हुने बताएका थिए । डाक्टरको सल्लाह अनुसार उनी समेत चुप बसे । तर उनको चोट बढ्दै गयो । घुँडा सुन्निदै गयो । उनी हिड्नै नसक्ने अवस्थामा पुगे । लिग खेल्ने विष्टको सपना बिथोलिन पुग्यो । उनी फुटबल खेल्न मात्र होइन, छुनै नसक्ने अवस्थामा पुगे ।

गत अक्टोबर १० मा घुँडामा चोट बोकेका उनी अहिले सामान्य हिड्न सक्ने अवस्थामा समेत छैनन् । घुँडाको चोटको उपचार गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान छ । सामान्य उपचार गर्नमै उनले ४ लाख रुपैयाँ खर्च गरिसके । हस्पिटलले अझै ३ लाख रुपैयाँ लाग्ने बताएको छ ।

‘सुरुमा क्लबले एक लाख रुपैयाँ दिएको थियो । अरु लागेको खर्च दिन्छौ भनेको थियो । तर अहिले आएर दिन नसक्ने बताएको छ ।’ समिरले पिडाभाव पोख्छन् ।

उनले अहिले ग्रान्डी हस्पिटलमा उपचार गराईरहेका छन् । तर क्लबले भने पाटन हस्पिटलमा उपचार गराउन आग्रह गरेको थियो ।

‘क्लबले पाटन हस्पिटलमा उपचार गर्न भनेको थियो । तर मेरो घँुडाको चोटको उपचार पाटनमा हुनै नसक्ने भयो । ग्रान्डीमा उपचार गरेको भनेर क्लब पछाडी हटेको छ ।’ उन भन्छन् ।

खेलाडीको समस्या र क्लबको गुनासो समाधानको जिम्मेवारी घरेलु फुटबलको सर्वोच्च निकाय एन्फाको हो । तर एन्फा खेलाडी र क्लबको बिषयमा मौन बसेको समिरको गुनासो छ । उनले आफ्नो समस्या सहितको पत्र एन्फामा बुझाईसकेका छन् । तर एन्फा केही बोल्न मान्दैन ।

‘मैले एन्फालाई पत्र बुझाईसकेको छु । एकपटक महासचिव (ईन्द्रमान तुलाधर)ले पनि कुरा मिलाउँछु भन्नु भएको थियो । तर अहिले सम्म वास्ता नै गर्नुभएको छैन ।’ उनले भने, ‘एन्फाले आफ्नो अनुशासन कमिटिले सबै हेर्छ भनेको थियो । तर अनुशासन समितिका पदाधिकारी अध्यक्ष छैन भनेर लटरपटर मात्र पारेका छन् ।’

तर समिरले अब एन्फा र क्लबबाट आशा मारिसकेका छन् । क्लबले आधामात्र पैसा दिए बाँकी खर्च आफैले ब्यहोरेर उपचार गर्ने उनको योजना थियो । तर त्यो पनि हुन सकेन ।

‘क्लब र एन्फाबाट अब कुनै आश छैन । सुरुमा थियो । अब क्लबले लाज पचाएर हिड्न थालेको छ । एन्फा समेत यस बिषयमा बोल्न चाहदैन । अब जति खर्च लाग्छ सबै आफै ब्यहोर्छु, तर मलाई जस्तो समस्या अन्य खेलाडीलाई नहोस भन्ने चाहाना छ ।’ उनी भन्छन् ।

त्यसैले उनी ब्यानर समाएर जावलाखेलको सबै खेलमा उपस्थित हुन्छन् र विरोध स्वरुप ब्यानर देखाउँछन् ।

मेरो ब्यानरमा अन्य खेलाडीको साथ हुन नि सक्छ, नहुन नि सक्छ । तर मेरो अन्य सबै खेलाडीलाई साथ रहन्छ । मलाई जस्तै अरु खेलाडीलाई एन्फा र क्लबले हेप्न नपाउन् ।’ समिर भन्छन् ।

अवको उनको एउटै अभियान छ ।

जावलाखेल क्लबको जहाँ खेल हुन्छ, त्यहाँ समिरको ब्यानर देखिनेछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP