एजेन्सी । अर्जेन्टिनी फुटबल एसोसिएसनका उपाध्यक्ष गुल्मेरो रैडले मेस्सीसँग प्रमाण नभए माफी माग्नुपर्ने जनाएका छन् ।
कोपा अमेरिका सञ्चालनको दौरान मेस्सीले दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्टाचारमा डुबेको भन्दै पदक लिन अस्विकार गरेका थिए । साथै उनले कोपा आयोजक ब्राजिललाई जिताउने उद्वेश्य अनुरुप डिजाईन गरिएको समेत बताएका थिए ।
सेन्टियागोका नेतृत्वकर्ता समेत रहेका गुल्मेरोले मेस्सीले अभिब्यक्ती राजनीतिक रुपमा ठिक नभएको बताएका छन् ।
उनले भने, ‘मलाई थाहा छ, उनले आक्रोसमा सो कुरा भनेका हुन् ।’
‘मेस्सीले दिएको बयान राजनीतिक रुपमा ठिक थिएन । उनीसंग प्रमाण छैन भने उनले माफी माग्न पर्छ । म बुझ्छु उनले कुन अवस्थामा सो कुरा भनेका हुन भनेर ।’ उनले थपे, ‘यस प्रतियोगिताको एकमात्र प्रमाण भनेको सीसीटिभी हो । यसैको आधारमा अर्जेन्टिना फुटबलमा पीडित भएको हो वा होइन पत्ता लगाउन सकिन्छ ।’