एजेन्सी । स्पेनिस पूर्व मिडफिल्डर जाभी अलन्सो स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको 'बी' टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
रियल सोसिडाडले अलन्सोलाई २ बर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रियल सोसिडाड ३७ बर्षीय अलन्सोको पूर्व क्लब समेत हो ।
विश्वकप विजेता अलन्सोले क्लबसँगको सम्झौता आफ्नो लागि बिशेष दिन भएको बताए ।
'मेरो लागि यो सुन्दर र बिशेष दिन हो,' अलन्सोले भनेका छन् ।
लिभरपुल, रियल मड्रिड र वायर्न म्युनिखका पूर्व प्लेमेकर अलन्सोले रियल सोसिडाडबाट १२४ खेल खेलेका थिए । उनले सन् २००३/४ को सिजन क्लबलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।
लिभरपुल र रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका अलन्सोले रियल मड्रिडको यू-१३ टिम हेर्दै गत बर्षबाट प्रशिक्षणमा होमिएका थिए ।