एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार लोबो कारस्कोले यस सिजन क्लबले नेयमार भन्दा एन्टोनियो ग्रीजम्यान भित्र्याउन उपयुक्त हुने बताएका छन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार बार्सिलोनामा फर्कने चर्चा चलिरहदा पूर्व मिडफिल्डर कारस्कोले नेयमार भन्दा एट्लेटिको मड्रिडका फरवार्ड ग्रीजम्यान अनुबन्ध गर्न क्लबलाई सुझाब दिएका छन् ।
ब्राजिलियन फरवार्ड नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी गएका थिए ।
‘म चाहदिन कि नेयमार यहाँ आउन् । म ग्रीजम्यान अथवा सेन्टर ब्याक, लेफ्ट ब्याक र सेन्टर फरवार्ड आएको चाहन्छु,' कारस्कोले भनेका छन् ।
नेयमार अनुबन्ध गरे बार्सिलोनाले डिफेन्स खेल्ने खेलाडी गुमाउने कारस्कोको भनाई थियो ।
पूर्व स्पेनिस मिडफिल्डर कारस्कोले बार्सिलोनामा ११ वर्ष बिताएका थिए ।